३१ असार २०८३, बुधबार

ट्रम्प सुरक्षा सल्लाहकारमा हर्वर्ट म्याकमास्टर नियुक्त

कात्तिक २०, २०७४
ट्रम्प सुरक्षा सल्लाहकारमा हर्वर्ट म्याकमास्टर नियुक्त
वासिङटन, १० फागुन। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा लेफ्टिनेन्ट जनरल हर्वर्ट म्याकमास्टरलाई नियुक्त गरेका छन्।

फ्लोरिडामा ट्रम्पले भने, “उहाँ निकै क्षमतावान व्यक्ति हुनुहुन्छ, उहाँको अनुभव पनि अथाह छ, सैन्य क्षेत्रमा उहाँ सम्मानित व्यक्तित्व हुनुहुन्छ, उहाँलाई हामीले जिम्मेबारी दिन पाँउदा हामीलाई गौरव महसुसा भएको छ,”  भने।

राष्ट्रपति ट्रम्पले यसअघि नियुक्त गरेका माइकल फ्लिनको रुससँग गलत सम्बन्ध रहेको भन्ने विवादका कारण राजीनामा दिएकाले नयाँ सल्लाहकारका रुपमा म्याकमास्टरलाई नियुक्त गरेको समाचार सीएनएनले जनाएको छ।

चवन्न वर्षीय नयाँ सल्लाहकार म्याकमास्टरले इराकलगातका देशमा यसअघि विभिन्न अभियान सञ्चालन गर्ने काम गरिसकेका छन्।

उनी एकदमै विचारवान, सिधा कुरा गर्ने व्यक्ति र सेनाका रणनीतिकारका रुपमा चिनिन्छन्। उनको रुससँग कुनै निकट सम्बन्ध रहेको बताइएको छ।

salt training

कमेन्ट गर्नुहोस्