
चितवन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सकको मागलाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन चितवन शाखाले आज चितवनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सभापति देउवाले मुलुकी संहितको बिरोधमा उत्रिएका चिकित्सकहरुको मागलाई सम्बोधन गर्नु पर्ने बताएका हुन् । “संविधान होस् या संहिता जनचाहनानुसार सुधार गर्न सकिन्छ । सबै मिलेर सुधार गर्दै जानुपर्छ,” सभापति देउवाले भने ।
सरकारलाई जनभावना बुझेर काम गर्न सुझाव दिनुभएका सभापति देउवाले मुलुकभर महिला हिंसाका घटना बढ्नु, दोषीलाई कारवाही गर्न नसक्नु र कञ्चनपुरमा बालिकामाथि बलात्कारपछिको हत्या घटनाका दोषी पत्ता लगाउन नसक्नु सरकरको कमजोरी भएको देउवाको भनाइ थियो ।
देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताए ।
सम्मेलनलाई सफलरूपमा लिनुपर्ने र यसले एक आपसमा सद्भाव बढाउनेमा देउवाको भनाइ थियो ।