१२ असार २०८३, शुक्रबार

फेसबूकले विकसित गर्‍यो सटीक अनुवाद प्रणाली

फेसबूकले विकसित गर्‍यो सटीक अनुवाद प्रणाली

काठमाडौं — फेसबूकमा अनुसन्धानकर्ताहरूले कृत्रिम बौद्धिकता प्रयोग गरेर ऊर्दू र बर्मेली जस्ता कम संसाधन भएका भाषाको सरल र सटीक अनुवाद गर्ने तरिका विकसित गरेको फोर्ब्स पत्रिकाले रिपोर्ट छापेको छ । 

यो महत्त्वपूर्ण खोज एम्पाइरिकल मेथड्स इन न्याचुरल ल्यांग्वेज प्रोसेसिङमा पेश गरिनेछ । फेसबूकका लागि यो खोज महत्त्वपूर्ण छ किनकि संसारभरिका प्रयोगकर्तालाई उनीहरूको मन पर्ने भाषामा पोस्ट पढ्नका लागि प्रयोग हुने
अटोमेटिक ल्यांग्वेज ट्रान्सलेसनमा यसले सुधार ल्याउनेछ । 

अहिले उपलब्ध यान्त्रिक अनुवादले केही भाषामा मान्छेको जस्तो स्तरमा प्रदर्शन गर्न सक्छ तर मशिनले विभिन्न भाषामा एउटै वाक्यको अपार संग्रहलाई मेमोरीमा राख्नुपर्ने हुन्छ । 

फेसबूक कृत्रिम बौद्धिकता अनुसन्धान टोली मशिन ट्रान्सलेसन सिस्टमलाई तालिम दिन सफल भएको छ । यसमा विकिपिडिया जस्ता सार्वजनिक रूपमा उपलब्ध वेबसाइटबाट विभिन्न भाषाका पाठहरूलाई फीड गरिएको हुन्छ । 

फेसबूकको पेरिस अनुसन्धान प्रयोगशालाका प्रमुख तथा अनुसन्धानकर्मी एन्टोनी बोर्डसले एक समानान्तर संग्रह तयार पार्नु जटिल काम भएको किनकि यसका लागि दुवै भाषामा पारंगत मानिसको आवश्यकता हुने बताए ।
उदाहरणका लागि पोर्तुगाली र नेपाली भाषाको समानान्तर संग्रह तयार पार्नका लागि दुवै भाषामा निपूण मानिसको आवश्यकता हुन्छ र यो एकदमै कठिन काम हो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्