१८ असार २०८३, बिहीबार

यहाँ खुलेको छ कपडाको लाइब्रेरी

यहाँ खुलेको छ कपडाको लाइब्रेरी

काठमाडौं — संसार एकदम छिटो परिवर्तन भइरहेको छ । लगाउने लुगाको त नयाँ नयाँ ट्रेन्डहरू छिटोछिटो आइरहेका हुन्छन् । 

नयाँ डिजाइनका कपडा र लेटेस्ट फेशनको अप्डेटको चक्करमा धेरै मानिस नयाँ र डिजाइनर कपडा दराजमा राखिरहेका भेटिन्छन् । 

अस्ट्रेलियाकी साराह फ्रीम्यानले त्यसैबाट एक अनौठो बिजनेस आइडिया निकालिन् र क्लोद्स लाइब्रेरी शुरू गरिन् । 

उनले लाइब्रेरी एउटा तथ्यांक पढेपछि शुरू गरेकी हुन् । एक सर्वेक्षणमा अस्ट्रेलियाको कुल जनसंख्याको एक चौथाइ भाग एकचोटि लगाएको कपडा फेरि लगाउन नचाहने देखायो । 

त्यसपछि साराहले सिड्नीमा क्लोद्स लाइब्रेरी शुरू गरिन् जहाँ तपाईं कपडा किन्न सक्नुहुन्न तर भाडामा लिन सक्नुहुन्छ । 

साराह भन्छिन्, ‘आजकलमा मानिस कपडा पनि कन्डम जस्तो गरी प्रयोग गर्छन्, एकचोटि लगायो अनि फाल्यो ।’

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्