१६ असार २०८३, मंगलबार

सुरक्षाकर्मी र लडाकूबीच भिडन्तपछि त्रिपोलीमा जेलबाट ४०० जना बन्दी फरार

सुरक्षाकर्मी र लडाकूबीच भिडन्तपछि त्रिपोलीमा जेलबाट ४०० जना बन्दी फरार

त्रिपोली-  लिबियाको राजधानी त्रिपोलीमा रहेको ऐन जारा कारागारबाट चार सय जना बन्दीहरु फरार भएका छन् । 

सरकारी सुरक्षाकर्मीहरु र लडाकूहरुबीच भिडन्त भएपछि आइतबार उनीहरु भागेको अधिकारीहरुले जनाएका छन् । 

“ऐन जारा कारागरको सेक्सन एमा विद्रोहीहरुले हस्तक्षेप गरेर चार सय जना कैदीहरुलाई भगाएका छन्.,” न्यायिक प्रहरी विभागका एक अधिकारीले भने । उनका अनुसार लडाकूहरुले बन्दुकको ठूलो आवाज सुनाएर तर्साएका थिए । 

बन्दीहरुले जेलको ढोका र सुरक्षा गार्डहरुलाई हटाएर भागेका हुन् । उनीहरुको खोजी कार्य सुरु गरिसकिएको सरकारी अधिकारीहरुले जनाएका छन् । जेलका सुरक्षाकर्मीले आफ्नो ज्यान बचाउनका लागि भागेको बताइएको छ । 

घटनास्थल दक्षिणी त्रिपोलीमा पर्दछ । प्रत्यक्षदर्शीहरूले आइतबार सुरु भएको झडप सोमबार बिहानसम्म चलेको बताएका छन् । 

पछिल्ला केही दिनमा त्रिपोलीमा जारी हिंसामा परी मृत्यु हुनेको संख्या ४१ पुगेको छ भने १२३ जना घाइते भएका छन् । ती मध्ये धेरै सर्वसाधारण नागरिक रहेको समाचारमा जनाइएको छ । रासस-सिन्ह्वा

salt training

कमेन्ट गर्नुहोस्