काठमाडौं — नेपालको कारागारमा पाँच महिना आठ दिन बिताएका वुल्फ प्राइस अमेरिका फर्किएका छन् ।
वुल्फ चलचित्र निर्माता हुन् र उनी विगत १२ वर्षमा नेपाल आउजाउ गरिरहेका थिए । पाँच वर्षअघि उनले बालिका तथा युवतीलाई शिक्षा र शरण दिनका लागि गैरनाफामूलक संस्था खोलेका थिए ।
पाँच महिनाअघि भने उनलाई गाँजा राखेको अभियोगमा प्रहरीले पक्राउ ग–यो । प्राइसले उक्त लागूऔषध आफूलाई थाहा नदिई राखिएको बताएपनि यी ३१ वर्षीय व्यक्ति कारागारमा परे ।
उनकी आमा मेरी बार्टनिकावस्कीले छोरो पक्राउ पर्दा स्तब्ध भएको बताइन् । उनले गोफन्डमी अभियान चलाएर नेपालमा वकिल नियुक्त गरिन् ।
उनको छोराको अदालती सुनुवाइ लगातार सारिएपछि उनी काठमाडौं आइन् र उनलाई थुनामुक्त गराउनका लागि ६ हप्ता बिताइन् ।
उनले भनिन्, ‘मैले क्यालिफोर्नियामा गर्नसक्ने सबै काम गरें अनि प्रार्थना गरेपछि काठमाडौं जाने आदेश पाएँ ।’ आफ्नो छोराले नेपालमा घर बनाएर अनि साना व्यापार शुरू गर्न सहयोग गरेर मानिसको जीवन परिवर्तन गरेको आमाले बताइन् ।
प्राइसले आफ्नो क्षमतालाई बे एरियामा प्रयोग गर्ने प्राइस बताउँछन् ।
प्राइस अब फेरि नेपाल आउने कुरामा शंका गर्छन् ।
एबीसी७न्युज डट्कममा प्रकाशित क्यारोलिन टाइलरको रिपोर्ट