०६ असार २०८३, शनिबार

चर्को संगीत सुन्नेबित्तिकै किन नाचूँ नाचूँ लाग्छ ?

चर्को संगीत सुन्नेबित्तिकै किन नाचूँ नाचूँ लाग्छ ?

काठमाडौं — तपाईं पनि संगीत बज्नेबित्तिकै गोडा हल्लाउन थाल्नुहुन्छ ? धेरै मानिस यसो गर्दा खुशीको अनुभव हुने र झुम्न मन लाग्ने बताउँछन् । 

तर यसको अर्को कारण पनि पत्ता लागेको छ । अस्ट्रेलियामा यसै विषयमा एउटा अनुसन्धान भएको थियो र त्यसको परिणाम अहिले सार्वजनिक भएको छ । 

अनुसन्धानकर्ताहरूले संगीतमा गोडा हल्लनु बेसमा निर्भर रहने बताएका छन् । लो फ्रिक्वेन्सी र हाई फ्रिक्वेन्सी साउन्डले मस्तिष्कभित्र गर्ने परिवर्तनलाई शोधकर्ताहरूले अध्ययन गरे । तिनै आवाजबाट संगीतको रिदम तयार हुन्छ । 

मस्तिष्कको गतिविधि बुझ्नका लागि इलेक्ट्रोएन्सेफेलोग्राफी नामक यन्त्रको प्रयोग गरियो । अनुसन्धानकर्ताहरूले के पाए भने मस्तिष्कका सबै क्रियाकलाप धुनको आवृत्तिमा निर्भर रहन्छ । कुनै गीतमा बेस धेरै छ भने गोडा हल्लाउनका
लागि बढी उद्यत होइन्छ र नाच्न मन लाग्छ । कम बेस भएको गीतले चाहिँ मानिसलाई नाच्न बाध्य बनाउँदैनन् । 

अनुसन्धानकर्ताहरूलाई यसबाट अनेकौं मेडिकल कन्डिसन बुझ्न र उपचार गर्न प्रयोग गर्न सकिने आशा छ । संगीतले मनलाई आराम दिने मात्र नभई उपचारमा पनि फाइदा गर्ने देखिएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्