३० जेठ २०८३, शनिबार

अन्टार्कटिकाको यो गाउँमा जम्मा सय बासिन्दा, बस्नलाई गर्नुपर्छ एपेन्डिक्सको अपरेसन

अन्टार्कटिकाको यो गाउँमा जम्मा सय बासिन्दा, बस्नलाई गर्नुपर्छ एपेन्डिक्सको अपरेसन

काठमाडौं — अन्टार्कटिकामा अनेकौं देशले अनुसन्धान केन्द्र बनाएका छन् । चिलीले पनि यस्तो केन्द्र बनाएको छ । 

केन्द्रनजिक चिलीले भिला ला एस्त्रेलास नामक गाउँ बसाएको छ । त्यहाँ १०० मानिस बस्छन् । 

त्यहाँका मानिसको सुरखसुविधाका लागि बैंक, स्कूल, पोस्टअफिस र जिम बनाइएको छ । सामान्य रोग निको पार्न स्वास्थ्य चौकी पनि छ । 

त्यहाँ बस्ने वैज्ञानिक, सैनिक र उनीहरूको परिवारले एपेन्डिक्सको अपरेसन गराउनैपर्छ किनकि गाउँबाट सबभन्दा नजिकको अस्पताल पनि एक हजार किलोमिटर पर छ । 

सामान्यतया अन्टार्कटिकाको मिसनमा जाने सदस्यहरूले एपेन्डिक्सको अपरेसन गराउनु जरूरी छैन । तर जाडोमा स्टेसनमा भएको अस्पतालमा एकजना मात्र चिकित्सक हुन्छन् जसले गर्दा अपरेसन सम्भव हुँदैन । त्यतिखेर
अपरेसनको स्थिति आयो भने अर्को अस्पतालमा पु–याउनुपरेमा धेरै कष्ट उठाउनुपर्छ । 

सन् १९६१ मा रुसका एक चिकित्सकले आफ्नो एपेन्डिक्स अपरेसन ऐना हेरेर आफैं गर्नुपरेको थियो । त्यतिखेर अस्पतालमा कुनै पनि स्टाफ वा अर्को चिकित्सक थिएन । 

उनले लोकल एनेस्थेसिया लिएर अपरेसन गरेका थिए । सहायताका लागि उनले रुसी मिसनका दुई सदस्य बोलाएका थिए । 

एपेन्डिक्स शरीरको एक फाल्तु अंग हो र यो ठूलो आन्द्रासँग जोडिएको हुन्छ । यसले केही हानि गर्दैन । सामान्य पीडा हुनेबित्तिकै यसको अपरेसन गरिन्छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्