२६ जेठ २०८३, मंगलबार

रेडपान्डाको छालासहित काठमाडौंबाट २ जना पक्राउ

रेडपान्डाको छालासहित काठमाडौंबाट २ जना पक्राउ

काठमाडौं– दुर्लभ वन्यजन्तु रेडपान्डाको छालासहित प्रहरीले काठमाडौंबाट २ जना पक्राउ परेका छन् । 

५ वटा रेडपान्डाका छालासहित प्रहरीले २ जनालाई पक्राउ गरेको हो । 

बिक्रीका लागि काठमाडौंको ठमेल लैजाने क्रममा २ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त दरवारमार्गका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । 

पक्राउ पर्नेमा सोलुखुम्बुको जुगु घर भएका ३२ वर्षीय शुक्र राई र जुगुकै २८ वर्षीय अजित बस्नेत छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्