०७ असार २०८३, आइतबार

नबिना लामाले छुटाएका ‘गुण्डा नाइके’ सत्यमान लामा पुनः पक्राउ

नबिना लामाले छुटाएका ‘गुण्डा नाइके’ सत्यमान लामा पुनः पक्राउ

काठमाडौं– सत्तारुढ दल नेकपाकी सांसद नबिना लामाको रोहबरमा छुटेका ‘गुण्डा नाइके’ सत्यमान लामा पुनः पक्राउ परेका छन् । 

स्थानीय व्यक्तिलाई धम्की दिएको अभियोगमा लामा पुनः पक्राउ परेका हुन् । स्थानीय व्यक्तिको उजुरीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लामालाई पक्राउ गरेको हो । 

काभ्रे तिमाल गाँउपालिका– ६ मान बहादुर तामाङ लगायतलाई फोनबाट धम्की दिएको अभियोगमा सत्यमान पक्राउ परेका हुन् । सत्यमानको स्थायी घर पनि काभ्रेको तिमाल गाउँपालिका–६ मै पर्छ । 

लामाले फोनबाट ज्यान मार्ने धम्की दिएपछि पीडितहरुले प्रहरीकहाँ उजुरी दिएका थिए । ‘लामाले अस्लिल शब्दहरु प्रयोग गरी गालीगलौज गरेर हात खुट्टा भाँचिदिने, मार्ने, तँलाई मारे बापत जेलमा बस्न एकजना तयार छ भनी धम्की दिएको उजुरी प्राप्त भएपछि उनलाई पक्राउ गरिउको हो,’ महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले भने । 

उजुरीको आधारमा लामाको खोजीमा गएको प्रहरी टोलीले उनलाई मंगलवार ठमेलबाट पक्राउ गरेको हो । 

गुन्डागर्दीमा संलग्न रहेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले गत असार २८ गते (बिहीवार) पक्राउ गरेका लामालाई नेकपा सांसद नबिना लामाका दवावमा जमानीमा रिहा भएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्