
काठमाडौं– भारतीय राज्य पश्चिम बंगालको राजधानी कोलकातामा एक पुल भत्किँदा १ जनाको मृत्यु भएको छ । पुलमा च्यापिएर १९ जना गम्भीर घाइते भएका विवरण प्राप्त भएको छ ।
पुलमा अझै पनि धेरै व्यक्ति च्यापिएको हुनसक्ने आशंका गरिएको छ ।
दक्षिण कलकत्ताको मझेरहाट फ्लाइओभर भत्किँदा कम्तिमा ७ वटा गाडी पुरिएका जनाइएको छ । भत्किएको फ्लाइओभर ६० वर्ष पुरानो रहेको जनाइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पुलमा फसेका व्यक्तिको तत्काल उद्दार गर्न तथा पीडित व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउन आग्रह गरेका छन् ।
यस्तै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पुलमा फसेका व्यक्तिको चाँडो उद्दार गर्न अधिकारीहरुलाई निर्देशन दिएकी छन् ।