३० जेठ २०८३, शनिबार

नक्कली सुनलाई सक्कली भन्दै बेचबिखन गर्ने ६ जना प्रहरीको फन्दामा

भदौ १९, २०७५
नक्कली सुनलाई सक्कली भन्दै बेचबिखन गर्ने ६ जना प्रहरीको फन्दामा

काठमाडौँ– महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली सुनलाई सक्कली सुन भनी बेचबिखन गर्न हिँडिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धादिङका अभिषेक तामाङ, राज तामाङ र राजकुमार तामाङ तथा नुवाकोटका राम तामाङ, जितेन तामाङ र वीरेन्द्र तामाङ रहेको छ । दुई किलोग्राम नक्कली सुनलाई सक्कली भन्दै हिँडिरहेको अवस्थामा चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट उनीहरुलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिए । 

यस बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्