३१ जेठ २०८३, आइतबार

त्रिवि परीक्षामा चरम लापर्बाही, गेस पेपरकै प्रश्न परीक्षामा

भदौ २०, २०७५
त्रिवि परीक्षामा चरम लापर्बाही, गेस पेपरकै प्रश्न परीक्षामा

काठमाडौं–त्रिभुवन विश्वविद्यालयको परीक्षामा चरम लापर्बाही भएको पाइएको छ । गत आइतबार सम्पन्न शिक्षाशास्त्र संकाय एमएड प्रथम सेमेस्टरको ‘फाउन्डेसन अफ एजुकेसन’ र मंगलबार स्थगित भएको ‘एड्भान्स एजुकेसनल साइकोलोजी’को प्रश्नपत्र सम्बन्धित विषयगत समितिका प्रमुखले प्रकाशन गरेको गेस पेपरबाट सारिएको पाइएको हो ।

मंगलबारका लागि तय भएको परीक्षामा केन्द्रमा प्रश्नपत्र बाँड्न तयारी गर्ने क्रममै पुनः अघिल्लो वर्षको प्रश्नपत्र भनी प्रकाशित प्रश्नपत्र नै आएपछि डिनको कार्यालयले सूचना प्रकाशित गरी परीक्षा स्थगित गरेको छ । मंगलबारको शिक्षाशास्त्र संकायको एमएड प्रथम सेमेस्टरको ‘एड ५१३ एड्भान्स एजुकेसनल साइकोलोजी’ विषयको प्रश्नपत्र शिक्षाशास्त्र संकाय, डिनको कार्यालयअन्तर्गत रहेको उच्चस्तरीय शैक्षिक मनोविज्ञान विषयगत समितिका प्रमुख प्रा. होमनाथ भट्टराई र आंशिक प्राध्यापक कृष्णबहादुर जीसीद्वारा प्रकाशित गेस पेपरमा अघिल्लो वर्षको प्रश्नपत्र भनी प्रकाशित भइसकेको पाइएको छ । उनीहरूले संयुक्त रूपमा लेखी जुपिटर प्रकासनद्वारा प्रकाशित गरेको ‘उच्चस्तरीय शिक्षा मनोविज्ञान’ गेस पेपरमा प्रकाशित प्रश्नपत्र जस्ताको तस्तै मंगलबारको परीक्षाका लागि सोधिएको पाइएको छ । आजको राजधानी दैनिकमा विस्तृत खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्