
काठमाडौं– नेपाली सेनाले राखेको नाफमूलक व्यापार व्यवसाय सञ्चालन गर्नेसम्बन्धी प्रस्ताव रक्षा मन्त्रालयले रोकिदिएको छ ।
आजको कारोबार दैनिक लेख्छ– सैनिक कल्याणकारी कोषको रकमलाई घरेलु तथा मझौला उद्योगमा लगानी गर्न सैनिक मुख्यालयले गरेको प्रस्ताव रक्षाबाट रोकिएको हो ।
‘नाफा तथा सेवामूलक घरेलु र मझौला उद्योगमा कल्याणकारी कोषको रकम लगानी गर्न पाउनुपर्ने प्रस्ताव सैनिक मुख्यालयबाट आएको थियो’ रक्षा मन्त्रालय स्रोतले भन्यो, ‘तर मन्त्रालयले सहमति दिएको छैन ।’ सेनाको छवि व्यापारिक नभई व्यवसायिक हुनुपर्ने मन्त्रालयको भनाई छ ।