१५ असार २०८३, सोमबार

शेरको नक्कली कपडा लगाएर खेल्दै गरेका बच्चासामु साँच्चिकै जंगली शेर आएपछि...(भिडियोसहित)

कात्तिक २०, २०७४
शेरको नक्कली कपडा लगाएर खेल्दै गरेका बच्चासामु साँच्चिकै जंगली शेर आएपछि...(भिडियोसहित)
न्यूयोर्क,२९ मंसिर– अमेरिकाको एटलान्टा चिडियाघरमा शेरको नक्कली कपडा लगाएर खेल्दै गरेको बालक र साँच्चिकै जंगली शेर एक आपसमा खेल्दै गरेको अनौठो दृश्यले सबैलाई आश्चर्यमा पार्छ ।


उक्त दृश्यमा शेरको नक्कली कपडा लगाएका बच्चा जंगली शेरसँग खेल्दै, रमाउँदै गरेको भिडियो बच्चाको आमाबाबुले सामाजिक सञ्जालमा अपलोड गरेका थिए ।

डेलीमेलको रिपोर्टका अनुसार बच्चाका पिताले आफ्नो परिवारका साथमा चिडियाघरमा जाँदा आफ्ना ११ महिनाको सानो बालकलाई पनि शेरको कपडा लगाएर लगेका थिए ।

उक्त भिडियोमा बच्चाले शेरझै देखिने नक्कली कपडा लगाएर चिडियाघरको सीसा बाहिर बसेर सीसा भित्रको जंगली शेरलाई जिस्काउँदै खेल्दै गरेको देखिन्छ ।

शेर र बच्चाले एक अर्काको नक्कल गर्दै सँगै उठ्ने र बस्ने गरेको दृश्य निकै अनौठो छ । बच्चाको आमाबाबुले बच्चा शेरसँग जिस्किँदै खेलेको पूरै भिडियो रेकर्ड गरेका थिए । एजेन्सी

हेर्नुहोस् भिडियो:

salt training

कमेन्ट गर्नुहोस्