
चितवन– प्रहरीले चितवनको भरतपुर महानगरपालिका– १ पुतलीबजारबाट ठूलो परिमाणको सुनचाँदी र नगदसहित एकजनालाई पक्राउ गरेको छ ।
दुई किलो ७६ ग्राम सुन, साढे चार किलो चाँदी र नगद १२ लाख रुपैयाँसहित भारत महाराष्ट्रका राजेन्द्र शिवाजी पाटीललाई नियन्त्रणमा लिएको डीएसपी प्रभु ढकालले जानकारी दिए ।
सुराकीको आधारमा मंगलबार दिउँसो उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पुतलीबजारमा न्यू गणेश सुनचाँदी पसलबाट उनलाई पक्राउ गरिएको हो । सो सुनचाँदी पसलमा रिफाइन हुने गरेको प्रहरी जनाएको छ ।