३१ जेठ २०८३, आइतबार

डरलाग्दो दुर्घटना– टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु,

डरलाग्दो दुर्घटना– टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु,

धनुषा–धनुषामा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको धारापानी भन्ने स्थानमा ना १ क ६१८९ नम्बरको मोटरसाइकललाई ज ५ प ९०४६ नम्बरको टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । 

टिप्परको ठक्करले मोटरसाइकल टुक्राटुक्रा भएको छ भने मोटरसाइकलमा सवार अन्दाजी २७ वर्ष र २९ वर्षका दुई युवाको मृत्यु भएको हो । 

बीच सडकमा दुई युवाको शव डरलाग्दो अवस्थामा रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्