काठमाडौं — तिहारमा अनेक किसिमका पटाका पड्काएको त तपाईंले देख्नुभएकै होला । अनि रकेटलाई कुनै बोतलमा राखेर उडाउने गरिएको त थाहा पाउनुहुन्छ होला । रकेट उडाउँदा एकदमै सावधानी अपनाउनुपर्छ ।
सामाजिक सञ्जालमा चर्चामा रहेको एक भिडियोमा चाहिँ रकेट उडाउनु कुनै ठूलो कुरा नभएको जस्तो देखिन्छ । भिडियोमा एक व्यक्ति हातमा ११ वटा रकेट लिएर बसेका छन् । अनि उनले आफ्नो मुखमा बलिरहेको चुरोट राखेका छन् ।
अनि ती व्यक्ति नडराइकनै सबै रकेटलाई मुखमा रहेको चुरोटबाट आगो लगाउँछन् । भिडियो देख्दा ती व्यक्तिलाई कसैले रकेट च्यालेन्ज दिएको जस्तो लाग्छ ।
I’m sorry @NASA 😁 pic.twitter.com/ITur4daVsI
— ㅤ ㅤ ㅤ ㅤ ㅤ ㅤ ㅤ ㅤ (@PyarSeMario) August 28, 2018