
काठमाडौं — जंगल, झाडी, बगैंचातिर सर्प भेटिनु नौलो कुरा भएन । तर घरमा साँप आयो भने चाहिँ मानिसको होश उड्छ ।
अमेरिकाको टेक्ससमा एउटा घरको ट्वाइलेटमा चार वर्षको बालकले साँप देखे । साँप देख्नेबित्तिकै ती बालक दौडेर आमाबुवाकहाँ पुगे र सबै कुरा सुनाए ।
त्यसपछि आमाबुवाले सर्प पक्रिने मान्छे बोलाए । ट्वाइलेटबाट त साँप निकालियो तर घरभरि अन्य साँप पनि रहेछन् । खोजतलास गर्दा घरको मुन्तिर १३ वटा सर्प भेटिए ।
ती साँप एकअर्कासँग गुँडुल्किएर बसेका थिए । अन्त पनि १० साँप भेटिए ।
ती सबै साँप –याटलस्नेक थिए र ती अत्यन्तै विषालु हुन्छन् ।
सर्प विशेषज्ञहरूले मुसा र लोखर्के धेर हुने घरमा साँप आउने बताएका छन् । विशेषगरी गर्मी र वर्षामा साँप भेटिन्छन् । त्यतिखेर धेर सावधान रहनुपर्ने उनीहरू बताउँछन् ।
एजेन्सी