
काठमाडौं – संविधान उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसका एक सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।
प्रतिनिधिसभाको बुधवारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् ।
'संविधानको कार्यान्वयन गर्नु/गराउनुपर्नेमा सरकार स्वयं संविधान उल्लंघनमा सक्रिय भएकाले तत्काल प्रधानमन्त्रीको राजीनामा माग माग गर्दछु,' सिंहले भने ।
उनले थपे – 'हामीले राजा हामीले बनाएको होइन, प्रधानमन्त्री बनाएको हो । संविधानको उल्लंघन गर्न बनाएको होइन । संविधानभन्दा माथि कोही पनि हुँदैन । संविधान उल्लंघन गर्ने सरकारको औचित्य छैन । म यहीँबाट प्रधानमन्त्रीको राजीनामा माग्दछु ।'