३१ जेठ २०८३, आइतबार

विषालु रसायन घटनामा बेलायती प्रहरीले लियो दुई आरोपित रुसी नागरिकको नाम

विषालु रसायन घटनामा बेलायती प्रहरीले लियो दुई आरोपित रुसी नागरिकको नाम

काठमाडौं — रुसका दुईजना संदिग्ध व्यक्तिलाई गत मार्च महिनामा सर्गेइ र जुलिया स्क्रिपाललाई नोभिचोक विष दिएकोमा बेलायती प्रहरीले नाम किटेको छ । बेलायती प्रहरी र अभियोजकहरूले बुधवार नाम घोषणा गरेका हुन् । 

प्रहरीका अनुसार, ती दुई रुसीहरू आधिकारिक रुसी राहदानीका साथ बेलायत आएका थिए । उनीहरूको नाम अलेक्जेन्डर पेट्रोभ र रस्लान बोशिरोभ हो । उनीहरू आक्रमण हुनुभन्दा केही दिनअघि एरोफ्लोट विमानमा बेलायत आएका थिए । 

क्राउन अभियोजन सेवाले उनीहरूलाई अभियोग लगाउनका लागि पर्याप्त प्रमाण रहेको बताएको छ ।

नोभिचोक विषका दुई बेग्लाबेग्लै घटना बेलायतमा भएपछि अहिले यो समाचार आएको हो । 

रुसको सैन्य स्तरीय विष बेलायती भूमिमा प्रयोग भएपछि लन्डन र मस्कोबीचको तनावपूर्ण सम्बन्ध झनै बिग्रिएको थियो । 

नोभिचोकको पहिलो प्रयोग मार्च महिनामा भएको थियो । त्यतिखेर रुसी जासूस सर्गेइ स्क्रिपाल र उनकी छोरी युलियालाई सालिस्बरीस्थित घरमा विष दिइएको थियो । प्रहरी अधिकारी निक बेलीलाई पनि आक्रमणपछि अस्पतालमा
उपचार गराइएको थियो । 

भ्लादिमिर पुटिन सरकारले स्क्रिपाललाई राज्यको सूचना बेच्ने देशद्रोही मान्छ । स्क्रिपालका बुवा छोरी गम्भीर रोगी भए तर बाँचे ।

पछि  ३० जुनमा चाहिँ रुस र जासूसी संसारसँग कुनै साइनो नभएका एक पुरुष र महिलालाई नोभिचोक विष दिइयो । डन स्टर्जेस नामक महिलाको विष दिइएको नौ दिनमा मृत्यु भयो भने चार्ली राउली गम्भीर रोगी भए । उनीहरू
विल्टशायरस्थित एमेस्बरीमा रहेको घरमा घाइते भएका थिए ।

द गार्डियनबाट

salt training

कमेन्ट गर्नुहोस्