०४ असार २०८३, बिहीबार

पानी उद्योगको मनपरी बढेपछि 'एक्सन'मा उत्रियो प्रदेश सरकार

पानी उद्योगको मनपरी बढेपछि 'एक्सन'मा उत्रियो प्रदेश सरकार

विराटनगर–  बजारमा पाइने मिनरल वाटरकाे गुणस्तरमा प्रश्न उठ्न थालेपछि प्रदेश सरकारले झापाका पानी उद्योगमा निगरानी बढाएको छ ।

विभिन्न ठाउँमा खुलेका पानी उद्योगले बजारमा पठाएका पानीको गुणस्तरमा प्रश्न उठ्न थालेपछि प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले पानी उद्योगहरुको अनुगमन गरेको हो । बुधवार झापाका विभिन्न स्थानमा सञ्चालित पानी उद्योगहरुमा अनुगमन गरी मापदण्डविपरीत सञ्चालनमा रहेका २ वटा उद्योगलाई सिलबन्दी गरिएको छ ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेको नेतृत्वमा गरिएको अनुगमनमा झापा बुधबारेको जिरो अक्वा, र बिर्तामोडको गोर्खा मिनरल वाटर उद्योगमा सिल गरिएको हो । ती उद्योगहरुले खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयको लाइसेन्सबिनै पानी उत्पादन गरी बिक्री वितरण गरेकाले उद्योगमा सिल गरिएको सामाजिक विकास मन्त्रालयका उपसचिव गोपी घिमिरेले बताए ।

अनुगमन टोलीले झापाको बिर्तामोड, अर्जुनधारा, बुधबारे र मेचीनगरका ८ वटा पानी उद्योगमा अनुगमन गरेको थियो । टोलीले अनुगमनका क्रममा धेरैजसो उद्योगहरुलाई सुधारका लागि सुझाव दिएको छ । ल्याव टेस्टबाट पानी पिउन अयोग्य भएको प्रमाणित भएमा कारबाहीको दायरामा ल्याइने मन्त्री घिमिरेले बताए । 

मन्त्रालयले प्रदेश एकका अन्य पानी उद्योगहरुको अनुगमनसमेत निरन्तर गर्ने जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्