
काठमाडौँ – केही सातायता अमेरिकी डलर निरन्तर रूपमा उकालो लागेको छ । अमेरिकी अर्थतन्त्रमा देखिएको सुधारले विश्व बजारमै डलर झन् झन् बलियो बन्दै गएको हो ।
डलर बलियो बन्दै गएपछि नेपाली मुद्रा निरन्तर रूपमा कमजोर बनेको छ । यही क्रममा बिहीबार एक अमेरिकी डलरको विनिमय दर १ सय १५ रुपैयाँ ११ पैसा पुग्यो । यो हालसम्मकै कमजोर हो ।
सामान्यतया भारु कमजोर भएपछि त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा पनि पर्छ । भारुसँग स्थिर विनिमय दर रहेकाले भारु बलियो बन्दा नेरु पनि बलियो र कमजोर हुँदा नेरु पनि कमजोर हुन्छ । स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर रहेकाले पनि भारुको विनिमय दर घटबढ भएलगत्तै नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।