काठमाडौं–भारतका पूर्वप्रधानमन्त्री एचडी देवगौडा काठमाडौं आउँदै छन् । पूर्वप्रधानमन्त्री देवेगौडा नेपाल एयरलाइन्सको उडानबाट बिहीबार काठमाडौं आउन लागेका हुन् ।
उनको यो व्यक्तिगत र धार्मिक भ्रमण रहेको बताइएको छ । देवेगौडा यो पटक नेपाल भ्रमण गर्ने तेस्रो भीभीआइपी हुनेछन् । यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १५ भदौमा पशुपतिनाथ दर्शन गरेका थिए भने त्यही दिन काठमाडौं आएका भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी १६ भदौमा कैलाश मानसरोवरतर्फ लागेका थिए ।
पूर्वप्रधानमन्त्री देवेगौडाले शुक्रबार बिहान पशुपतिनाथको दर्शन गरेर अपरान्ह पाँच बजे जेट एयरलाइन्सको उडानबाट भारत फर्किने कार्यक्रम छ । नेपालका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत जाने र भारतीय पूर्वप्रधानमन्त्री देवगौडा नेपाल आउने एकै दिन परेको छ ।