२८ जेठ २०८३, बिहीबार

धोबिखोलामा बग्दै आएको झोलामा तीन महिनाको शिशुको शव फेला

धोबिखोलामा बग्दै आएको झोलामा तीन महिनाको शिशुको शव फेला

काठमाडौं–बाग्मती र धोविखोला दोभान थापाथलीमा नवजात शिशुको शव फेला परेको छ ।

धोबिखोलाले बगाउँदै ल्याएको झोला भित्र अन्दाजी २/३ महिनाको शिशु मृत अवस्थामा फेला परेको प्रहरी वृत सिंहदरबारका डिएसपी काजीकुमार आचार्यले लोकान्तरलाई बताए ।  

थापाथलीमा पौडी खेलिरहेका बालबालिकाले खोलाले बगाउँदै ल्याएको झोला हेर्दा मृत अवस्थामा शिशु भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । 

मृत अवस्थामा फेला परेको शिशुको टाउँको ठूलो र हातखुट्टा कमजोर (सानो) देखिएको प्रहरीले बताएको छ । जन्मिदै अपाङ्गता भएको शिशुको मृत्यु भएपछि खोलामा बगाइएको हुनसक्ने डिएसपी आचार्यले बताए ।

‘बालबालिकाहरुले पौडी खेल्दै गर्दा बगाएर ल्याएको झोला निकाल्दा शिशु भेटिएको थियो, अपाङ्गता भएको शिशुको मृत्यु भएपछि खोलामा बगाइदिएको जस्तो देखिन्छ,’ डिएसपी आचार्यले भने, ‘शिशुलाई अहिले पोष्टमार्टमको लागि टिचिङ अस्पताल लगिएको छ ।’

पोष्टमार्टमपछि शिशुको हत्या वा मृत्यु भन्ने पत्ता लाग्ने डीएसपी आचार्यले बताए । शिशुलाई कसले बगाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्