२६ जेठ २०८३, मंगलबार

हुन्डाइको फेस्टिभ डिलाइट योजना सार्वजनिक

हुन्डाइको फेस्टिभ डिलाइट योजना सार्वजनिक

काठमाडौं – लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हुन्डाई अटोमोवाइल्स नेपालको आधिकारिक बिक्रेताले ‘हुन्डाइ फेस्टिभ डिलाइट’ योजना ग्राहकमाझ ल्याएको छ ।

योजनाको अवधि भदौ २१ गतेदेखि कात्तिक २७ गतेसम्म लागू हुनेछ । योजना दशैं, तिहार र छठ उत्सव मनाउने लक्ष्यसहित ल्याइएको हो । 

योजना अन्तर्गत ग्राहकले आकर्षक नगद छुट र १ वर्ष निःशुल्क बीमा पाउने छन् । स्क्र्याच कार्डमार्फत् थप १ लाख रुपैयाँसम्म नगद छुट, लक्की–ड्रमार्फत् १ सय जनालाई १०–१० ग्राम सुन तथा बम्पर उपहार अन्तर्गत लक्की–ड्रमार्फत् हुन्डाई आई२० एक्टिभ एक थान र हुन्डाई क्रेटा एक थान जित्न सक्ने छन् । 

सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानीसहित उपलब्ध हुने छन् । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १३ शोेरुम तथा १५ सर्भिस सेन्टरमार्फत् ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाइल उत्पादकमध्ये पर्छ । कम्पनीका उत्कृष्ट उत्पादनले विश्वभर करोडांै ग्राहकको मन तथा विश्वास जित्न सफल भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्