२३ जेठ २०८३, शनिबार

हुम्लामा सिटिजन्स बैंकद्वारा एटीएम सेवा सञ्चालन

हुम्लामा सिटिजन्स बैंकद्वारा एटीएम सेवा सञ्चालन

काठमाडौं – ‘योर पार्टनर फर प्रोग्रेस’ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा  पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हुम्लामा एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।

सेवाले हुम्ला तथा स्थानीय क्षेत्रका जनता निकै लाभान्वित हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका ७९ वटा शाखा, ७२ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ इकाईबाट करीब तीन लाख ५० हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकले ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैंकएस्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्