२२ जेठ २०८३, शुक्रबार

बिरामीको गुनासो नआउने गरी काम गर्न आईजीपी खनालको निर्देशन

बिरामीको गुनासो नआउने गरी काम गर्न आईजीपी खनालको निर्देशन

काठमाडौँ– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बिरामीको गुनासो नआउने गरी समानरुपले गुणस्तरीय सेवा दिनुपर्ने बताउनुभएको छ । 

नेपाल प्रहरी अस्पतालभित्र निर्माण भएको काली मन्दिर उद्घाटन, इमर्जेन्सी तथा ओपिडी र महिला ब्यारेक भवनको शिलान्यास र हस्पिटल म्यानेजमेन्ट इन्फरमेसन सिस्टमको आज उद्घाटन गर्दै  उहाँले सो कुरा बताउनुभएको हो । 

महानिरीक्षक खनालले अपराध नियन्त्रण र कानून कार्यान्वयनमा प्रहरीले विशेष ध्यान दिनुपर्नेमा जोड दिदैं नेपाल प्रहरीको शिर उँचो पार्ने कार्य गर्न आफू तल्लीन रहेको हुँदा उक्त अभियानलाई सफल पार्न अस्पताललगायत सबै इकाइका प्रहरी आआफ्नोतर्फबाट लाग्नुपर्ने बताउनुभयो । 

“प्रहरी अस्पतालले उत्कृष्ट सेवा दिँदै आएको छ, आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउनुपर्छ”, उहाँले भन्नुभयो । 

कार्यक्रममा महानिरीक्षक खनालले अस्पतालबाट प्रकाशित ‘नेपाल मेडिकल जर्नल’ विमोचन गर्नुका साथै उत्कृष्ट काम गर्ने अस्पतालका कर्मचारीलाई नगद पुरस्कारसमेत प्रदान गर्नुभयो । 
 

salt training

कमेन्ट गर्नुहोस्