
बाजुरा– वर्षाका कारण साँफे–मार्तडी सडकखण्डमा पहिरो गएपछि यातायात सेवा अवरुद्ध हुँदा चालू आर्थिक वर्षको शुरुवातमै बाजुरामा खाद्यान्न सङ्कट भएको छ । सवारीसाधन सञ्चालनमा नआएपछि ढुवानी गर्न समस्या हुँदा खाद्यान्न अभाव भएको हो ।
मार्तडीस्थित नेपाल खाद्य संस्थानको डिपोमा मौज्दात २५० क्विन्टल चामल भदौको तेस्रो सातामै वितरण गरिएपछि अहिले गोदाम रित्तो छ । हाल डिपोमा रहेको ३० क्विन्टल गहँु वितरण भइरहेको नेपाल खाद्य संस्थान शाखाले जनाएको छ । नेपालगञ्ज र धनगढीबाट ढुवानी गरिँदै आएको चामल बाटोमै थन्किएको छ ।