२२ जेठ २०८३, शुक्रबार

चुनावी र्‍यालीमा सहभागी राष्ट्रपतिका उम्मेदवारमाथि अाक्रमण

चुनावी र्‍यालीमा सहभागी राष्ट्रपतिका उम्मेदवारमाथि अाक्रमण

काठमाडौं–  ब्राजिलको राष्ट्रपतीय चुनावका मुख्य प्रतिष्पर्धी ठानिएका जैर बोल्सोनारोमाथि आक्रमण भएको छ । 

अर्को महिना हुने चुनाव प्रचारका क्रममा दक्षिण–पूर्वी राज्यको मिनास गेरिसमा आयोजित र्‍यालीमा सहभागी भएका उनीमाथि छूरा प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।  

सुरक्षाकर्मी तथा समर्थकले घेरिएका उनीमाथि कसले छुरा प्रहार गर्यो भन्नेबारे केही खुलेको छैन । छुरा प्रहारबाट पेटमा चोट लागेका उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । अस्पतालले उनको अवस्था गम्भीर भए पनि निको हुने अपेक्षा गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्