०२ असार २०८३, मंगलबार

सडक दुर्घटनामा चार जना गम्भीर घाइते

सडक दुर्घटनामा चार जना गम्भीर घाइते

काठमाडौं–  धादिङको धुनीबेशी–९ सिक्रेखोलामा गएराती ट्रक दुर्घटना हुँदा चालक सहित दुईजना गम्भीर घाइते भएका छन् । धादिङकै खानीखोलाबाट काठमाडौँ आउँदै गरेको बा ४ ख १७८९ नम्बरको आइचर ट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते भएका चालक रसुवाको गोसाइकुण्ड गाँउपालिका ५ का सुमित लोप्चन र परिचालक सोही ठाँउका लुरचुङ घलेलाई उपचारको लागि काठमाडौं ल्याइएको छ ।

यस्तै, उदयपुरको त्रियुगा–४ शान्तिचोकमा बिहीबार बेलुकी साढे ८ बजे को २७ प ३७७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । जलजलेबाट गाईघाट बजारतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा त्रियुगा नगरपालिका– ६ लालपत्ताका ३१ वर्षीय लिला बोहोरा घाइते भएका हुन् ।

यसैगरी, रुपन्देहीको सैनामैना– ११ बनकट्टीमा गएराती पौने १० बजे, भारतीय नम्बरको ट्रकको ठक्करबाट लु २३ प ३२२६ नम्बरको मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । सैनामैना नगरपािलका २ का ३४ वर्षीय कृष्ण बेलबासे घाइते भएका हुन् । 

घाइतेको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्