
काठमाडौं – अमेरिकाको प्रतिष्ठित अखबार द न्युयोर्क टाइम्समा बिहीवार ट्रम्प प्रशासनको एक अधिकारीले लेखेको भनिएको एक लेखले हंगामा मच्चाएको छ ।
अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा लेखेको लेखमा दाबी गरिएअनुसार सरकारमा विरोधको स्थिति छ र अमेरिकालाई राष्ट्रपति डोनल्ड ट्रम्पबाट बचाउनका लागि प्रयासहरू भइरहेको छ ।
लेखमा ट्रम्पलाई अनैतिक व्यक्ति भनिएको छ र उनले लोकतन्त्रको स्वास्थ्य बिगारेको लेखिएको छ ।
ट्रम्प प्रशासनभित्र विरोधको हिस्सा म हुँ भन्ने शीर्षकमा लेखिएको लेखपछि रिसाएका ट्रम्पले पत्रिकामाथि आक्रमण गर्दै उसले अज्ञात नाम उजागर गर्नुपर्ने लेखे । ट्रम्पले यसरी गुमनाम लेख छाप्ने कामलाई उनले देशद्रोहको संज्ञा दिए ।
उनले अर्को ट्वीटमा लेखे, ‘कथित वरिष्ठ प्रशासकको अस्तित्व छ कि यो असफल हुँदै गएको न्युयोर्क टाइम्सको अर्को झुटो स्रोत हो ? त्यो डरछेरुवा गुमनाम व्यक्तिको अस्तित्व छ भने पनि टाइम्सले राष्ट्रिय सुरक्षाका लागि भएपनि
त्यो व्यक्तिलाई सरकारसमक्ष सुम्पिनुपर्छ ।’
Does the so-called “Senior Administration Official” really exist, or is it just the Failing New York Times with another phony source? If the GUTLESS anonymous person does indeed exist, the Times must, for National Security purposes, turn him/her over to government at once!
— Donald J. Trump (@realDonaldTrump) September 5, 2018
यो लेख सार्वजनिक भएपछि राजनीतिक वृत्तहरूमा लेखकको अनुमान गरिएको थियो । अनुमानअनुसार त उपराष्ट्रपति माइक पेन्स, रक्षामन्त्री जेम्स म्याट्टिस र ट्रम्पका सहायक केलियान कन्वेमध्ये एकले यो लेख लेखेको हुनुपर्छ
। ट्रम्पकी पत्नी मेलानिया वा छोरी इभान्काले पनि लेख लेखेको हुनसक्ने अनुमान गरिएको छ ।
एजेन्सी