२२ जेठ २०८३, शुक्रबार

अमेरिकाको सिनसिनाटीमा गोलीकाण्ड, तीन मानिसको मृत्यु

अमेरिकाको सिनसिनाटीमा गोलीकाण्ड, तीन मानिसको मृत्यु

काठमाडौं — अमेरिकाको सिनसिनाटी शहरको फिफ्थ थर्ड बैंकमा एक व्यक्तिले गोलीकाण्ड मच्चाएपछि तीनजनाको मृत्यु भएको छ । भारतीय मूलका आर्थिक सल्लाहकार पृथ्वीराज कन्डेपी पनि गोलीकाण्डमा मारिएका छन् । 

प्रहरीले आरोपितलाई रोक्ने कोशिश गरेको भएपनि उसले नमानेपछि गोली हानेको थियो । 

शहरका प्रहरी प्रमुख इलियट इसकाका अनुसार, आरोपितले सबभन्दा पहिले फाउन्टेन स्क्वेरमा रहेको फिफ्थ थर्ड बैंकबाहिर गोली चलायो । त्यसपछि ऊ बैंकमा पस्यो र गोली हान्न थाल्यो । 

आरोपितको पहिचान हुन सकेको छैन । उसले किन गोली चलाएको पनि थाहा हुन सकेको छैन । 

सिनसिनाटीका मेयर जोन क्रेनलेका अनुसार, गोलीकाण्डमा सर्वसाधारण मारिएका छन् । घटनाक्रम केही क्षणभित्रै भएको थियो । प्रहरीका अनुसार, चारजना घाइतेलाई सिनसिनाटी मेडिकल सेन्टरमा भर्ना गरिएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्