
काठमाडौं — बेलायतको उत्तर–पश्चिम तटमा रहेको आईरिश समुद्रमा संसारको सबभन्दा ठूलो विन्ड फार्म बनेको छ । बिहीवारदेखि यो प्लान्टलाई आधिकारिक रूपमा शुरू गरिएको छ । यसबाट बिजुली उत्पादन हुन थालिसकेको छ ।
विन्ड फार्मको क्षमता ६५९ मेगावाट छ जसबाट लगभग ६ लाख घरलाई बिजुली उपलब्ध हुनेछ ।
यस परियोजनालाई सञ्चालन गर्ने डेनिश ऊर्जा कम्पनी ओर्सटेडका अधिकारीहरूले यो १४५ स्क्वेर किलोमिटर क्षेत्रमा फैलिएको बताए । विन्ड फार्ममा ८७ वटा टर्बाइन छन् जुन बेलायती संसदमा भएको ठूलो घन्टीभन्दा दुई गुणा अग्लो छ ।
बेलायतको व्यापार, ऊर्जा र औद्योगिक रणनीति विभागका प्रवक्ताले दाबी गरेअनुसार, बिजुली उत्पादनको क्षेत्रमा यो संसारकै सबभन्दा ठूलो विन्ड फार्म हो । ऊर्जा एवं विकास मन्त्री क्लेयर पेरीले यो परियोजना इन्जिनियरिङको उम्दा
नमूना भएको जसबाट हजारौं मेगावाट बिजुली उत्पादन हुने बताए । यसबाट हजारौं रोजगारी बन्ने पनि उनको भनाइ छ ।
एजेन्सी