०२ असार २०८३, मंगलबार

राहुल गान्धीको मानसरोवर यात्राको भिडियो सार्वजनिक

राहुल गान्धीको मानसरोवर यात्राको भिडियो सार्वजनिक

काठमाडौं — भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी आजकल कैलाश मानसरोवरको यात्रामा छन् । कैलाशबाट राहुलका तस्वीरहरू धमाधम आइरहेका छन् । अब उनको भिडियो पनि सार्वजनिक भएको छ । 

राहुल टोपी, चश्मा, जीन्स, ज्याकेट लगाएका देखिन्छन् । उनीसँग एक अन्य व्यक्ति पनि देखिन्छन् । दुई दिनयता राहुल लगातार पर्वत, तलाउ लगायतका तस्वीर ट्विटर अकाउन्टमा राखिरहेका छन् । 

राहुल दिल्लीबाट काठमाडौं हुँदै ल्हासा गएर मानसरोवर पुगेका हुन् । नेपालमा बस्दा उनले मांसाहार गरेको भनी विवाद पनि उठेको थियो । 

भदौ १५ गते कैलाश मानसरोवरका लागि हिँडेका राहुलको यात्रा १२ दिनसम्म चल्नेछ ।

 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्