
काठमाडौं — चीनमा एक युवक स्विमिङ गर्न गएका थिए । पौडी खेल्ने क्रममा उनी अचानक पीडाले चिच्याउन थाले । एउटा स्टिङरे माछा आएर उनको गुप्तांगमा टाँस्सियो ।
माछाले उनको गुप्तांग च्याप्प समातेका कारण पीडा भएर उनी चिच्याए ।
सान्याको हैनान रिजोर्ट सिटी तटमा आएका पर्यटकले युवकलाई सहायता गर्न खोजे । त्यहाँ उपस्थित केही व्यक्तिले युवकको भिडियो पनि बनाए ।
भिडियोमा देखिन्छ, मानिसहरू कराइरहेको युवकनजिक त झुम्मिन्छन् तर उनको सहायता कसरी गर्ने हो थाहा पाउँदैनन् ।
स्टिङरे माछालाई चीनमा शैतानी माछो भनी चिनिन्छ । यो माछा बालुवामुनि लुकेर बस्ने ठानिन्छ ।
माछाका कारण युवकको गुप्तांग घाइते भएको छ । उनी पानीमा चोपलिँदै गर्दा माछाले टोकेको थियो । प्यारामेडिक्स अर्थात् स्वास्थ्यकर्मीहरू युवकको सहायता गर्न आए र कैंची तथा अन्य उपकरण लिएर माछालाई गुप्तांगबाट हटाए ।
एजेन्सी