१९ असार २०८३, शुक्रबार

हेलिकप्टर दुर्घटनाका मृतककाे शव विदुर ल्याइयाे, काठमाडौं पठाउने तयारी

हेलिकप्टर दुर्घटनाका मृतककाे शव विदुर ल्याइयाे,  काठमाडौं पठाउने तयारी

नुवाकोट-  नुवाकोटमा शनिबार भएको अल्टिच्युड एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाको शव आज बिहान विदुर ल्याइएको छ ।  दुर्गम स्थानमा भएका कारण शव ल्याउन कठिनाइ भएको र रातभरि प्रहरी र स्थानीयवासीको सक्रियतामा शवको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिनुभयो ।

शवलाई काठमाडौँ पठाउने तयारी रहेको छ ।  हेलिकप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए । अन्य यात्रुमा जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके७१३६१२०६८), रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेका थिए ।

दुर्घटनामा छ जनाको मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्