१२ असार २०८३, शुक्रबार

कलश शोभा यात्रा सम्पन्न

कलश शोभा यात्रा सम्पन्न

काठमाडौं– कलियुगकी दूर्गा मानिने राणी सती दादीको बार्षिकोत्सव मनाइएको छ ।  हरेक बर्ष भाद्र औंशीका दिन  सतीको बार्षिकोत्सव मनाउने गरिन्छ । 

त्यसको पूर्वसन्ध्यामा शनिवारका ५५१ जना महिलाहरुले खाली खुट्टा कलस बोकेर नगर परिक्रमा गरेको राणि सती सेवा संघले जनाएको छ ।  विभिन्न बाजागाजा सहित सुरज आर्केडबाट सुरु भई कलस तथा ध्वजा यात्रा हनुमान ढोका,न्युरोड हुँदै कमलपोखरीको अग्रवाल भवनमा पुगेर टुंगिएको थियो ।

सुरज आर्केडबाट महिलाहरुद्वारा ल्याईएका ५५१ कलशद्वारा दादीजीको महाअभिषेक गरि वैदिक विधि पूर्वक पूजा आजा र महाआरती गरि ३६ घण्टे अखण्ड ज्योत प्रज्वलन स्वदेश तथा भारतबाट आएका कलाकारहरुद्वारा नृत्य नाटीका सहित भजन सन्ध्या पयिन गरिएको संघका महासचिव राकेश जालानले जानकारी दिए । 

पौराणिक कथा अनुसार राणी सती माताको बिवाह पश्चात डोलीमा फर्कदा राक्षसहरुबाट आक्रमण भयो । आक्रमणमा उनका पतिको मृत्यु भयो । पतिको मृत्यु पश्चात उनले दुर्गाको अबतार लिएर सारा राक्षसको संहार गरिन् । त्यसपछि राणी पतिसँगै सती गइन् । त्यसैले उनलाई कलियुगकी दूर्गा मानेर पूजा गरिन्छ । उनै सतिको सम्झनामा हरेक बर्ष भदौको औशीमा भब्य रुपमा बैदिक विधिपूर्वक पूजा आजा गरिँदै आएको राणी सती दादी संस्थाका अध्यक्ष अजय जालानले बताए । 

राणि सती सेवा संघ अन्र्तगतको नारायणी नमोनम भन्ने संस्थाले हरेक महिनाको आंैशिपछिको पहिलो शनिबार १ हजारदेखि २ हजार जनालाई खाना खुवाउँदै आएको संस्थाका अध्यक्ष अजय जालानले जानकारी दिए । 

पौराणिक कथा अनुसार राणी सती दादीलाई अर्जुनको छोरा अभिमन्यूको धर्मपत्नीको रुपमा कलियुगमा अवतरित भएको मानिन्छ । जव अभिमन्यूको मृत्यू पश्चात उत्तराको अभिमन्यूको श्रीमती गर्व रहेको थियो । उत्तराले अभिमन्यू संग सती जान्छु भन्दा श्रीकृष्ण भगवानले उनको गर्व भएको हुनाले रोके र उनलाई वचन दिए कि कलियुगमा जन्मिएर दुर्गाको अवतार (रुप) लिएर जनको कल्याण गर्नुपर्छ । त्यही भएर उनी कलियुगमा राणी सती दादीको रुपमा यस धर्तीमा उत्पति भएको  धार्मिक मान्यता रहेको संस्थाका उपाध्याक्ष अनिल जालानले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्