१३ असार २०८३, शनिबार

१५ देखि २९ वर्ष उमेर समूहका व्यक्तिको मृत्युको दोस्रो ठूलो कारण आत्महत्या

१५ देखि २९ वर्ष उमेर समूहका व्यक्तिको मृत्युको दोस्रो ठूलो कारण आत्महत्या

काठमाडौं–आत्महत्या रोकथामका लागि सहकार्य भन्ने मुल उद्देश्यका साथ आत्महत्या विरुद्धको विश्व दिवस सोमबार नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाईँदैछ । आत्महत्या रोकथामका लागि अन्तर्राष्ट्रिय एसोसिएसन, आइएएसपीको आयोजना र विश्व स्वास्थ्य संगठनको सहयोगमा यो दिवस मनाउन लागिएको हो 

आत्महत्या रोकथाम गर्ने उपायको खोजी र सचेतना फैलाउने उद्देश्यसहित हरेक वर्ष सेप्टेम्बर १० का दिन आत्महत्या विरुद्धको दिवस मनाउने गरिएको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार विश्वमा हरेक वर्ष आत्महत्याका कारण ८ लाख भन्दाबढी मानिसको ज्यान जाने गरेको छ । 

हरेक ४० सेकेण्डमा एकजनाले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको छ । आत्महत्या बढी हुने देशमा कम आएका भएका र मध्यम आएका भएका देश बढी रहेका छन् । १५ देखि २९ वर्ष उमेरकाहरुमा मृत्युको दोस्रो ठूलो कारण आत्महत्या रहेको देखिएको छ । 

कमेन्ट गर्नुहोस्