
काठमाडौं– प्रहरीले एटीएमबाट ठगी गर्ने कार्यमा संलग्न तीन भारतीय नागरिकसहित चार जनालाई ठमेलस्थित एक होटलबाट पक्राउ गरेको छ । अर्काको डाटा प्रयोग गरेर विभिन्न बैंकको एटीएमबाट पैसा निकाल्ने गिरोह पक्राउ परेको हो ।
एटीएम चोरीमा संलग्न भारतीय नागरिकहरु जिन्टु ज्वाए, विकास गोसाई, विटु गौतम र नेपाली नागरीक अनुज नकर्मीलाई सोमबार ठमेलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
करिब एक महिनादेखि ठमेलको एक होटलमा बसेर एटिएम चोरीमा संलग्न भारतिय गिरोह एटिएम चोरीको पैसा बोकेर क्यासिनो जाने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा यो समूहले १४ लाख पैसा एटिएमबाट चोरी गरेको खु्लेको प्रहरीले जनाएको छ ।