०७ साउन २०८३, बिहीबार

कांग्रेस सचेतक भन्छन्ः संशोधनलाई थाँती राखेर चुनाव गर्ने सहमति भयो

कात्तिक २०, २०७४
कांग्रेस सचेतक भन्छन्ः संशोधनलाई थाँती राखेर चुनाव गर्ने सहमति भयो

काठमाडौं, २९ मंसिर– नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले पञ्मुख तीन दलबीच संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई केही समय थाँती राखेर अघि बढ्ने सहमति भएको बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रमुख सचेतक श्रेष्ठले भने,‘अहिले निर्वाचनको लागि चाहिने ऐन तथा कानूनहरु बनाउनुपर्नेछ, थुप्रैहरु विद्येयकहरु संसदमा अड्किएका छन्, महाअभियोगको प्रस्ताव पनि संसदमा अड्किएको छ, त्यसैले दलहरुवीच बृहत्तर सहमतिको लागि पनि संशोधन प्रस्ताव केही समय थाँती राखेर अघि बढ्ने सहमति भएको छ ।’

नेता श्रेष्ठले संविधान संशोधन पनि अहिलेको अनिवार्य आवश्यकत्ता भएकोले यसबारमो प्रमुख दलहरुवीच बृहत्तर सहमति गरेर यसलाई टुँगोमा पुर्याउने स्पष्ट पारे ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता आनन्द प्रसाद पोखरेलले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसद सुचारु हुन नदिने चेतावनी दिएका छन् ।

पोखरेलले संशोधन प्रस्ताव कुनै हालतमा नेपाल र नेपालीहरुको हितमा नभएकोले यसलाई तत्काल फिर्ता लिनुपर्ने माग गरे ।
उनले संविधान कार्यान्वयन हुन नदिनको लागि पनि सरकारले संशोधन प्रस्ताव ल्याएर षड्यन्त्र गरिरहेको आरोप लगाए । उनले भने,‘सत्तामा भएका तर मन्त्री नभएका मधेशी मोर्चाले त नौटंकी देखायो–देखायो, सत्तामा भएका मन्त्रीहरुलेपनि सौदावाजी गरिरहेका छन् ।’

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एवम् अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावका प्रस्तावक महेन्द्रबहादुर शाहीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कारण महाअभियोग प्रस्ताव तुहिने आरोप लगाए ।

उनले सदन चल्न नदिएर एमालेले महाअभियोगको प्रस्ताव तुहाने षड्यन्त्र गरिरहेको आरोप लगाएका हु्न् । उनले भने,‘संसद चल्न नदिएर एमालेले के चाहिरहेको छ भन्ने कुरा प्रष्ट हुन्छ ।’

उनले प्रमुख दलहरुवीच महाअभियोगको प्रस्ताव, संविधान संशोधन प्रस्ताव र निर्वाचनसम्बन्धी ऐन तथा कानूनहरु पारित गर्ने कुरामा प्याकेजमै सहमति गर्ने विषयले गर्दा सदन सूचारु हुन केही लम्बिएको समेत जिकिर गरे ।

salt training

कमेन्ट गर्नुहोस्