०४ असार २०८३, बिहीबार

रूपन्देहीमा युवतीको शव फेला

रूपन्देहीमा युवतीको शव फेला

बुटवल – रूपन्देहीको शुद्धोधन गाउँपालिकामा एक युवतीको शव फेला भएको छ ।

गुलाबी रंगको कपडा लगाएकी युवतीको शुद्धोधन गाउँपालिका–७ छपिया नजिकै दानव नदीमा शव फेला परेको हो । युवतीको उमेर अन्दाजी २० वर्ष देखिने जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख हृदय गुरूङले युवतीको सनाखत हुन नसकेको बताए । ‘हामी घटनास्थलतर्फ जाँदै छौं । त्यहाँ रहेको प्रहरीको टोली शव भेटिएको जानकारी गराएको छ,’ गुरूङले भने । 

घटनाको विस्तृत विवरण आउन सकेको छैन । युवतीले लगाएको कपडा पाखुरानिर च्यातिएको अवस्थामा शव फेला परेकाले स्थानीयले बलात्कार पछि हत्या भएको आंशका गरिएको छ । केही समय अगाडि पनि ओमसतियामा एक युवाले आफ्नै प्रेमीकालाई हत्या गरी फालेको अवस्था एक युवतीको शव फेला परेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्