०१ असार २०८३, सोमबार

उइगुर मुसलमानलाई राष्ट्रवादको शिक्षा दिन हिरासतमा राख्दैछ चीन

उइगुर मुसलमानलाई राष्ट्रवादको शिक्षा दिन हिरासतमा राख्दैछ चीन

काठमाडौं — चीनमा उइगुर मुसलमानमाथि विभिन्न किसिमका बन्देज लगाइएको छ । पश्चिमी चीनको सिनजियाङ प्रान्तमा मुसलमानहरूलाई परिवर्तन गराउने भनी तालिम शिविरहरू खोलिएका छन् । 

एक विशाल भवनबाहिर रातो बोर्डमा चिनियाँ भाषा सिक्ने, कानून पढ्ने र रोजगारी प्रशिक्षणका लागि तयार रहने निर्देशन दिइएको छ । माओको शासनकालपछि विचार परिवर्तन र चीन सरकारप्रति बफादारीका लागि यति व्यापक अभियान पहिलोपटक चलाइएको हो । 

भवनभित्र हरेक दिन घन्टौं लामो क्लास चल्छ जसमा उइगुर मुसलमानले भाग लिन्छन् । ती क्लासमा वैचारिक प्रशिक्षण दिइन्छ अनि मुसलमानहरूलाई चीनको कम्युनिस्ट पार्टीको समर्थनमा गीत गाउन, चीनको राजनीतिक
विचारधारामा भाषण दिन अनि आफ्नो समुदायको आलोचना गरिएको लेख लेख्न प्रेरित गरिन्छ । कार्यक्रमको उद्देश्य इस्लामप्रतिको विश्वासलाई सिध्याउनु रहेको क्लासमा भाग लिने सहभागी बताउँछन् । 

चीनमा उइगुर समुदायका मानिसलाई हिरासतमा राखिएको रिपोर्टबाट आफू चिन्तित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । आतंकवादलाई निस्तेज पार्ने बहानामा हिरासतमा राखिएका मानिसलाई मुक्त गर्न उसले आह्वान गरेको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्