काठमाडौं — फ्रान्सको राजधानी पेरिसमा चक्कु र फलामको छड बोकेको एक व्यक्तिले आइतवार दुई बेलायती पर्यटकसहित सातजनालाई आक्रमण गरेर घाइते बनाएका छन् ।
प्रहरीका अनुसार, आक्रमणकारीलाई पक्राउ गरिएको छ र उनी अफगान नागरिक भएको बताएको छ ।
प्रहरीले यो आतंकवादी प्रकृतिको घटना नभएको बताएको छ । आक्रमणकारीले सडकमा हिँडिरहेका अपरिचित व्यक्तिलाई तारो बनाएको प्रहरीको भनाइ छ । आइतवार साँझ एक तलाउको किनारामा भेला भएका मानिसमाथि
आक्रमण भएको हो ।
प्रहरी टोलीले बताएअनुसार, दुई बेलायती पर्यटकमध्ये एकको टाउकोमा आक्रमणकारीले चक्कु प्रहार गरे अनि अर्काको छातीमा । सबै घाइतेको उपचार चलिरहेको छ ।
आक्रमणपछि आक्रमणकारी भाग्दै गर्दा त्यहाँ उपस्थित मानिसले उसलाई लखेटेका थिए । तर हातमा फलामे डण्डी भएका कारण उसले अन्य मानिसलाई पनि घाइते बनाउँदै गयो ।
एजेन्सी