
विराटनगर – मोरङको बुढीगंगा गाउँपालिका–२ अमाहीमा सोमबार बिहान आमा र उनका ५ वर्षीय छोरा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
अर्का १० वर्षीय छोरा पनि झुण्डिएको तर डोरी चुडिएर बाँचेका छन् । बुढीगंगा गाउँपालिका–२ अमाहीमा बस्ने आमा कविता यादव र उनका ५ वर्षीय छोरा अमन मृत भेटिएका हुन् । उनका १० वर्षे छोरा निशान भने डोरी चुडिएर बाँच्न सफल भएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक मनोज केसीले हत्या या आत्महत्या भन्नेबारे अनुसन्धान जारी रहेको बताए । मृत भेटिएकी कविताको लास पनि डोरी चुडिएर भुइँमै लडेको अवस्थामा भेटिएको थियो । बाँचेका निशानको विराट मेडिकल कलेज टंकीसिनवारीमा उपचार भइरहेको छ ।