२५ असार २०८३, बिहीबार

भेलामा ट्रम्पलाई चिढ्याउने युवकलाई क्यामरा अगाडिबाट हट्न लगाइयो (भिडियो)

भेलामा ट्रम्पलाई चिढ्याउने युवकलाई क्यामरा अगाडिबाट हट्न लगाइयो (भिडियो)

काठमाडौं — अमेरिकाको मोन्टानामा आयोजित एक भेलामा एक युवकले नाटकीय ढंगले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई चिढ्याएका छन् । 

उनले ट्रम्पलाई फरक फरक तरिकाले चिढ्याएपछि सामाजिक सञ्जालमा हिट भएका छन् । 

भेलामा ट्रम्पको पछाडि उभिएका युवक घरि आफ्ना आँखीभौं उचाल्थे घरि के के बडबडाउँथे । टेलर लिम्फस्टे नामक युवकको यो नाटकीय प्रतिक्रिया ट्रम्पको भाषणा चल्दै गर्दा मानिसले देखे । कार्यक्रमपछि मिडियासँग कुराकानी गर्दै
टेलरले आफ्नो अनुहारको हाउभाउ पूर्णतः सामान्य भएको बताए । 

ती युवकले भीआईपी टिकट जितेको र भेलाको शुरूआतमा ट्रम्पसँग फोटो खिचेको पनि मिडियाले लेखेका छन् । टेलरको नाम भेलामा निकालिएको लटरीमा आएकाले ट्रम्पसँग भेटघाट हुन सकेको थियो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्