
काठमाडौं– डोल्पाका निर्वाचित सांसदलाई राजीनामा दिन लगाएर उपनिर्वाचनमार्फत संसद्मा आउने नेकपाका नेता वामदेव गौतमको योजनामा तुषारापात भएको छ । पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाका सांसद धनबहादुर बुढाले राजीनामा दिन अस्वीकार गरेका छन् ।
आजको नयाँ पत्रिका दैनिक लेख्छ–सांसद बुढा सुरुमा राजीनामा दिएर वामदेवका लागि ठाउँ खाली गर्न सकारात्मक देखिएका थिए । उनी ‘वामदेवको पक्षमा माहोल बनाउने’ भन्दै जिल्ला पनि गएका थिए । तर, काठमाडौं फर्केपछि उनी ‘मतदाताको दबाबका कारण’ राजीनामा नदिने निष्कर्षमा पुगेका छन् ।