
काठमाडौं–पश्चिम सेती आयोजनाको निर्माण अब खुला प्रतिस्पर्धाबाटै अघि बढाइने भएको छ ।
७ सय ५० मेगावाट क्षमताको यो आयोजना वर्षौंसम्म चिनियाँ कम्पनीले होल्ड गर्दै हालै हात झिकेपछि सरकारले खुला प्रतिस्पर्धाबाटै निर्माण गर्ने योजना बनाएको हो ।
लगानी बोर्ड र चिनियाँ कम्पनी चाइना थ्री–गर्जेज इन्टरननेसनल कर्पोरेसन (सीटीजीआई) बीच हालै भएको वार्तामा चिनियाँ कम्पनीले हात झिक्ने संकेत दिएपछि अब प्रतिस्पर्धामार्फत अघि बढाउन लागिएको हो ।
लगानी बोर्ड स्रोतका अनुसार बोर्डको आगामी बैठकका लागि चिनियाँ कम्पनीसँगको वार्ताको आधारमा प्रतिस्पर्धामार्फत पश्चिम सेती आयोजना अघि बढाउने प्रस्ताव लैजान लागिएको छ । “लगानी बोर्ड जहिले पनि प्रतिस्पर्धाको पक्षमा छ , पश्चिम सेतीबारे चिनियाँ कम्पनीसँग भएको वार्ताबारे यथार्थतासहितको कुरा बैठकमा प्रस्ताव गर्छौ, बैठकले कसरी अघि बढाउने टुंगो लगाउँछ,” लगानी बोर्डका प्रवक्ता उत्तम वाग्लेले भने । कारोबार दैनिकमा विस्तृतमा छापिएको छ ।