३१ जेठ २०८३, आइतबार

श्रीमानले श्रीमतीलाई थाहै नदिई सम्बन्ध विच्छेद गरेपछि...

भदौ २६, २०७५
श्रीमानले श्रीमतीलाई थाहै नदिई सम्बन्ध विच्छेद गरेपछि...

स्याङ्जा– जिल्लाको एक महिलाले श्रीमान्ले आफूलाई थाहै नदिई अदालतबाट सम्बन्ध विच्छेद गराएको भन्दै मुद्दा दायर गरेकी छिन् । 
 भिरकोट नगरपालिका ३ का ५० वर्षीया मिनाकुमारी क्षेत्रीले झुटा विवरण बनाई श्रीमान्ले एक्लै सम्बन्ध विच्छेद गरेको भन्दै जिल्ला अदालत स्याङ्जामा मुद्दा दर्ता गराएकी हुन् । 
क्षेत्रीले सम्बन्ध विच्छेद गर्न श्रीमान् र श्रीमती दुवैको सहमति हुनुपर्नेमा आफूलाई थाहा नदिई जालसाजी गरेर श्रीमान् मोहनकुमार क्षेत्रीले सम्बन्ध विच्छेद गराएको भन्दै जिल्ला अदालतमा मुद्दा दर्ता गराएकी हुन् । अदालत २०७४ साल वैशाखमा उनका श्रीमान्द्वारा दायर गरिएको सम्बन्ध विच्छेद मुद्दाको पक्षमा फैसला गरेको थियो ।  गोरखापत्र दैनिकमा खरब छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्