१६ असार २०८३, मंगलबार

यस्तो छ तीजका दिन काठमाडौं उपत्यकाको सवारी रुट

यस्तो छ तीजका दिन काठमाडौं उपत्यकाको सवारी रुट
सन्दर्भ तस्वीर

काठमाडौं– हरितालिका तीजको दिन पशुपतिनाथ मन्दिरमा भक्तजनको भिड हुने भएकाले महानगरीय ट्राफिक प्रहरी महाशाखाले मन्दिर परिसर भएर चल्ने सवारी साधनका लागि नयाँ रुटको व्यवस्था गरेको छ । महाशाखाले केही रुटमा सवारी साधनलाई निषेध गरेको छ भने केही रुटमा निश्चित क्षेत्र तोकेर व्यवस्थापन गरेको छ । 

बागमती करिडोरका केही रुटमा पूर्ण रूपमा यातायात प्रतिबन्ध लगाएको र अन्य क्षेत्रमा निश्चित स्थान तोकेको महाशाखाले जनाएको छ । नयाँ बानेश्वर, तीनकुने भएर चक्रपथ परिक्रमा गर्ने सवारी साधनलाई पुरानो बसपार्क, भद्रकाली, माइतीघर बानेश्वर हुँदै सिनामंगलसम्म र सोही रुट भएर फर्कने व्यवस्था गरिएको छ ।

तीनकुने गौशालातर्फ भएर चल्ने मालवाहक सवारी साधनलाई दिनभर चल्न रोक लगाइएको छ । नारायणटार पुलबाट करिडोरको बाटो भएर चल्ने सबै मालवाहक सवारीलाई पनि चलाउन रोक लगाइएको छ । 

यस्तै, रातोपुल गौशाला हुँदै चावहिल बौद्धतर्फ चल्ने सवारी साधनलाई पुरानो बसपार्क भोटाहिटी, जमल हुँदै लाजिम्पाट, नारायण गोपाल चोकबाट चावहिल जान पाउने व्यवस्था गरिएको छ ।

रातोपलु गौशाला भएर चल्ने माइक्रो बस र टेम्पोहरूलाई रत्नपार्क, भद्रकाली, जमल हुँदै सानो गौचरण, कालोपुल तथा सिफलबाट चल्ने व्यवस्था मिलाइएको छ ।

श्ंखमूल नयाँ बानेश्वर हुँदै पुरानो बानेश्वर भएर चल्ने माइक्रोबस र टेम्पोहरूलाई पुरानो बानेश्वरबाट सेतोपुल हुँदै करिडोरको बाटोबाट कालोपुल निस्कने व्यवस्था मिलाइएको छ ।

दर्शनार्थी, तीर्थयात्री तथा पर्यटकका लागि तिलगंगामा पार्किङको व्यवस्था गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्